गाैशाला न.पामा संचारकर्मीको घरबाट मोटरसाईकल चोरी ।।

धनवीर महतो

महोत्तरी / नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता राजीव कुमार रायको घरबाट मोटरसाइकल चोरी भएको छ । गएराति उनको घर गौशाला नगरपालिका १२ पडरियास्थित घरमा पार्किङ्ग गरि राखिएको प्रदेश नं. २ – ०३ – १२ प – ७३२८ नम्बरको मोटरसाईकल चोरी भएको हो ।

बाराका सन्तोष यादवको नाममा रहेको सो मोटरसाईकल घरबाटै चोरी भएको पत्रकार रायले बताए । उनले भने, ‘आफनो गाडी केही दिन विग्रिएर ग्यारेजमा बनाउनको लागि दिएको थियो । केहीदिनदेखि वारास्थित साथीको वाईकमै चढेर नियमित रुपमा समाचार संकलनको काम गर्दथ्यो । हिजो राति पनि समाचार संकलन गरि मोटरसाईकल अाँगनमा राखिएको समयमा मध्यरातिमा चोरी भएको हो ।’

ऋाफुले व्यापक रुपमा खोजविन गर्दा समेत नभेटाएपछि खोजविन गरिदिनका लागि सम्बन्धित निकायमा जानकारी गराईसकेको पत्रकार रायले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार