गौशाला न.पा.मा जमेको पानीमा डुबेर एक पुरुषको मृत्यु

गौशालाः महोत्तरीको गौशालामा एक पुरुषको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नम्बर १२ स्थित जंगलको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ४५ वर्षिय रत्न बहादुर राणा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

राणा गौशाला नगरपालिका वडा न.१२ स्थित रहेको बुध पशुपालनमा काम गर्दथे । राणा दुई दिनदेखी घरमा नआएकोले खोजविन गरिरहेकै अवस्थामा राणा जमेको पानीमा मृत देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । राणा प्रत्येक दिन विहानैदेखी मदिरा खाई रागो चराउन जान्थे र राणाको विहिबार  नै खाल्डो डुबेर मृत्यु भएको आशंका गरिएको छ र निज मृतको घटनाबारे अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार