गौशालाको मुसहरवस्ती क्षयरोगको जोखिममा ।।

गौशाला नगरपालिका वडा नं. ४ को राम तथा मुसहर वस्तीमा क्षयरोगको प्रकोप वढदै गएको छ । शुक्रवार प्रमुख अतिथि BNMT नामक स्वास्थ्य संस्थाका चेयरमैन जिलीएन होल्डसवर्थको र गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोको संयुक्त रुपमा जीन स्पार्टको सुपरभिजनको क्रममा सो तथ्य वाहिर आएको हो ।

आर्थिक बर्ष २०७८-०७९ को तथ्यांक अनुसार सो वस्तीका २० जनामा सो रोग पुष्टि भई उपचारको क्रममा रहेको प्राथामिक स्वास्थ्य उपचार केन्द्र गौशालाले जनाएको छ । स्रोतका अनुसार हालसम्म सो स्थानमा संचालित जीन स्पोर्टको माध्यमले ७३ जना महिला र ८९ जना पुरुषको उपचार गरिएको छ ।

जसमध्ये ३२ महिला र ६१ पुरुष चिकित्सकको परामर्श अनुसार औषधी सेवन गरेपछि उनीहरु निको भएको प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शम्भु खर्गाले बताएका छन् । उनीहरुमध्ये १ जनाले औषधी सेवन गर्न नमानेको प्रमुख खर्गाले जानकारी दिए ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र गौशाला अन्र्तगत पर्ने स्वास्थ्य संस्थाहरु मार्फत निदान भएको पोजेटिभ क्षयरोगी विरामीहरुको ठाउँमा स्क्रीमिङ्ग कार्यक्रम संचालन गरी पत्ता लगाउन सकिने नगरप्रमुख महतोले बताए ।

सो कार्यक्रममा गौशाला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापा, अशोक महतो, डा. मनोज साह, मनोज सिंह, संजय साह, राजीव साह, अनिल यादव, पार्वति महतो, रेणु साह, सुमित्रा महतो, चन्दरीया देवी, अनिल यादव, सरोज मंडल, कृष्ण चौधरीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार