आफु सांसद बने पिडितहरुको अवाज बन्ने छु ः युवा नेतृ साह

लालबन्दी : पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ । पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै आफ्नो क्षेत्रकै कान्छी उमेदवार दावि गरिनुभएकी साहले पार्टी नेतृत्वकालाई धन्यवाद दिनुभयो । आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताउनुभयो । मलाई विश्वास छ नेपाली कांग्रेस पार्टीले मलाई मायाँ गरेको छ, । आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने छु, पिडितहरुको अवाज बन्ने छु, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने छु युवा नेतृ साहले दावी गर्नुभयो । उहाले अब देश हाक्न युवा सक्षम रहेको हुदाँ पनि आफुले उम्मेदवारी दिएको दावी गर्नुभयो । सांसद बनेपछी विकासको लहर नयाँ तरिकाबाट गर्ने समेत नेतृ साहले टिप्पणी गर्नुभयो । क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को प्रदेश(क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ । साह सांसद बने क्षेत्रमा सोचेभन्दा बढी विकास हुने उहाँ निकट नेता कार्यकर्ताको भनाई छ । ‘त्यसैपनि अहिले शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको छ । दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौं ।, साह निकट नेता कार्यकर्ताले भने । पेशाले गृहणी भएपनि साह विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ । उहाँले ब्याचलर(स्नातक) तह सम्मको अध्ययन गर्नुभएको छ भने मास्टर डिग्रीको समेत तयारी गरिरहनुभएको छ । राजनीति आफूलाई सानैदेखि मन पर्ने साहले बताउनुभयो । आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउनुहुँदै साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताउनुभयो । प्रदेश सांसद उम्मेदवार साह चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी पत्रकार राकेश गुप्ताको श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार