जीतिया पर्वलाई लक्षित गर्दै गौशालाको पचायनमा व्रतालुको भीड ।।

धनवीर महतो

गौशाला / आज जीतिया पर्व घरघरमा मिथिलानीहरुले मनाईदैछन् । पुत्रको दीर्घायुको कामना गर्दै आमाहरुले निराहर ३६ घण्टे जीतियापर्व मनाईदैछन् ।

शुक्रवारदेखि शुरु भएको यो महापर्व आईतबार वेलुकी ५ बजेको समयमा पारण गर्दै समापन गर्ने भएका छन् । आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ ।

पचायनमा व्रतालुको भीड

जीतिया पर्वको अवसरमा आज महोत्तरीको गौशाला नगरपालिका स्थित पचायन नदीमा व्रतालुहरुको भिड देखिएको छ । व्रतकी उपवास गरेकी ती महिलाहरु आज विहानैदेखि सो नदीको आसपासमा विताएका हुन् । जसको कारण त्यहाँ अत्याधिक मात्रामा भिड लागेका छन् । कुनै समयमा सिचाँईको लागि वाँध वाधिएको सो स्थानमा पानी जमेपछि त्यहाँ ठुलो तलाउ बनेका छन् । पछिल्लो बर्ष यता त्यहाँ जीतिया पर्वको अवसरमा व्रतालुहरुले मनोरन्जन हासिल गर्ने स्थलको रुपमा परिचित गराएका छन् । जसअन्र्तगत नेपाल सरकारका संस्कृति पर्यटन मन्त्रालयले सो स्थललाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नका लागि गतबर्ष ६ करोडको लगानीमा पूर्वाधारहरु तयार गरिरहेका छन् ।

गौशाला नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विरेन्द्र चौधरीका अनुसार आंशिक रुपमा सो पर्यटनका आधारभुत पूर्वाधारहरु तयार भईसकेका छन् । वाँकी रहेको पूर्वाधारहरु निर्माणको क्रममा छ । यसक्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनको लागि आफुहरु हरसम्भव प्रयासरत रहेको वडाअध्यक्ष चौधरीले बताए । स्थानिय सरकारले यसबर्षको वजेटमा सो क्षेत्रलाई नसमेटदा वाँकी रहेको कामहरु त्यतिकै थाँती रहने चौधरीले गुनासो पोखेका छन् ।

यहाँ आन्तरिक तथा वाह्य पर्यटकलाई भित्रयाएर आम्दानीको स्रोत बनाउने उद्देश्य अनुसार आफु पहिलो स्थानियतहको निर्वाचनमा निर्वाचित भएलगतै यस स्थललाई पहिचान दिलाउने पहिलो उद्देश्य रहेको र क्रमिक रुपमा पुरा हुँदै गएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार