
गौशाला । नेपालीहरुले नयाँ बर्ष मनाईरहेको समयमा तराई मधेश लगायत मिथिलान्चल क्षेत्रमा भने आज घरघरमा सतुवाईन पर्व मनाईदैछ । प्रत्येक बर्ष वैशाख १ गते अर्थात नेपालीहरुको नयाँबर्षको अवसर पारेर तराई मधेशका क्षेत्रमा सतुवाईन पर्व मनाईन्छ ।
आज मिथिलान्चलको घरघरमा सातु खाने र दान गर्ने परम्परा रहेको छ । आज घरका ईष्टदेवतालाई प्रसादको रुपमा सातु चढाउने परम्परा रहेको छ ।
मिथिलान्चलमा भोली (विहीबार) जुडशीतल पर्व मनाईने छ । घरका ज्येष्ठ सदस्यले हरेक व्यक्तिको टाँउकोमा आजुरले जल राखेर बर्षभरि नै शितलता प्राप्त होस कामना सहितको आर्शिवाद दिई जुडशितल पर्व मनाईनेछ ।
प्रतिक्रिया