मधेश आन्दोलनका योध्या सित कारागारमा भेटे मेयर डा. दिपेन्द्र महतो

जलेश्वर / असई थमन विक हत्या अभियोगमा जलेश्वर कारागारमा रहदै आएका तीनजना कैदीबन्दीको समस्या तत्काल समाधान गर्नका लागि गौशाला नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले आश्वासन दिएका छन् ।

संविधान दिवसको अवसरमा जलेश्वर कारागारमा पुगेका डा महतोले उनीहरुसँग भेटघाट गरेका छन् । उनीहरुको दैनिकी क्रियाकलाप गर्नका लागि रहदै आएको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मेयर महतोले तत्कालको लागि शुद्ध पिउने पानीको लागि २ सय लिटरको टयांकीको प्रवन्ध गर्ने भएका छन् ।

त्यस्तै मेयर महतोले व्यक्तिगत रुपमा उनीहरुको सन्तानको शिक्षादिक्षाका लागि आर्थिक सहयोगको बन्दोवस्त गर्नुको साथै तीनैजना परिवारको हितमा रहि स्वास्थ्य विमाको समेत प्रवन्ध गर्ने भएको छ ।

मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई विकको हत्याको अभियोगमा जलेश्वर नगरपालिका–९ का ५३ बर्षीय पवन कापड, वडा नं १ का ४० बर्षीय प्रदिप साह र सोही नगरपालिका–२ का ३३ बर्षीय सजिव कुमार साह पूर्पक्षका लागि जलेश्वर कारागारमा छन् । मेयरसँगको भेटघाटको क्रममा उनीहरुले अहिलेसम्म पार्टीका लागि उल्लेखनीय योग्दान दिएपनि पार्टीबाट उपेक्षित भएको गुनासो पोखेका थिए । पार्टीको तर्फबाट आफू तथा आफ्ना परिवारका लागि कुनै किसिमको सहयोग नगरेको दुखेसो पोखेका थिए ।

भेटका लागि मेयर महतोसँगै जसपा नेतृ रामकुमारी महतो समेत जलेश्वर कारागार पुगेकी थिईन् ।

 

यस्तो थियो घटना

२०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आईरहेको अवस्थामा असई विकमाथि मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका थिए । विकलाई हेटौंडाबाट एक साथीले मोटरसाइकलमा राखेर महोत्तरी लिएर आउँदै थिए ।

उनलाई प्रदर्शनकारीले लखेटेर आक्रमण गरेका थिए । प्रदर्शनकारीले लखेटेपछि विक ज्यान जोगाउन पोखरीमा हामफालेका थिए । पोखरीमा हामफालेका विकलाई प्रदर्शनकारीले पोखरीबाट झिकेर निर्घात कुटपिट गरे । विकको साथमा रहेको मोबाइल, पर्स र केही नगदसमेत प्रदर्शनकारीले लुटेका थिए । उनलाई पछि जलेश्वर अस्पताल लगिएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले महोत्तरीको अनैठा गाविसमा उनी रहेको एम्बुलेन्समा आक्रमण गरे ।

उनलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटियो र उनको त्यहीँ ज्यान गएको थियो । उनलाई कुटेर मारेपछि आन्दोलनकारीले उनलाई ल्याइएको एम्बुलेन्समा समेत आगजनी गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार