Friday 20th of September 2024

सरकारले प्रदेश नंं २ का ७ स्थानमा विद्युत सवारी साधनको चार्जिङ स्टेशनको निर्माण गर्ने

0 Shares

काठमाण्डाै / नेपाल सरकारले प्रदेश नंं २ का ७ स्थानमा विद्युत सवारी साधनको चार्जिङ स्टेशनको निर्माण गर्ने भएको छ । प्रदेश नं. २ अन्र्तगत महोत्तरीको वर्दिवास, धनुषाको ढल्केवर तथा जनकपुरधाम, सप्तरीको राजविराज, रौतहटको चन्द्रनिगाहपुर, वाराको सिमरा र पर्साको विरगन्जमा चार्जिङ स्टेशनको स्थापना गर्ने भएको छ ।


सो स्थानमा विद्युत सवारी साधनको चार्जिङ आपुर्ति, जडान, परिक्षण, संचालन र मर्मत सम्भारको लागि ठेक्का सम्झौता समेत भईसकेका छन । नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्स बीच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
सो सम्झौता अन्र्तगतमा रहि देशका विभिन्न ५० वटा स्थानमा यस्ता स्टेशनको निर्माण गरिने भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्लसिनाले जानकारी दिनुभयो । प्रवकत तिमलसिनाका अनुसार हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिने जानकारी दिनुभयो ।

चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन्, यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेशनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेशनको कन्ट्रोल काठमाण्डौबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया