गौशाला न.पा.मा कलश यात्रा सम्पन्न

गौशाला: महोत्तरीको गौशाला बजारमा नवनिर्मित दुर्गा मन्दिरको प्राङ्गणमा ५ हजारको हाराहारीमा कुमारी कन्या (अविवाहित किशोरी)द्वारा कलश स्थापना गरिएको छ । आज वडादशैको पहिलो दिन घटस्थापनाको अवसरमा उनीहरुले पश्चिममा रहेको मरहा नदीबाट नयाँ घडामा जल भरेर ल्याएका पूर्ण कलश मन्दिर परिसर सिञ्चित गरिएको हो ।

मेला समितीका अनुसार एकाविहानै छेउमै रहेको माण्डवी गंगाको तटमा पुगि उनीहरु पवित्र जलसहितको पूर्ण कलश दुर्गा मन्दिरको प्राङ्गणमा राखिएको छ । गतबर्ष भन्दा यसबर्ष कलश स्थापनामा वृद्धि भएको छ । शान्तपुर्ण तवरले विशाल कलशयात्रा सम्पन्न भएको छ ।

मरहा नदीको माण्डवी तटबाट शुरु भएको विशाल कलशयात्रा गौशाला बजारको नगरपरिक्रमा गर्दै दुर्गा मन्दिरमा कलश स्थापना गरि सम्पन्न भएको थियो । कलश यात्रा सम्पन्न पश्चात कुमारी कन्याहरुलाई खाजाको पैकेट दिई विदाई गरेको सचिव ज्ञानेन्द्र गुप्ताले बताए ।

यता आजदेखि जिल्लाको प्रसिद्ध पञ्चधुरा माई, सोनमाई, जल्पामाई, सन्सारीमाई, राजदेवीमन्दिर लगायतका शक्तिपीठमा दर्शन गर्नका लागि भक्तजनहरुको भिड देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार