कात्तिक नाचमा युद्धकला मञ्चन

काठमाडौं –  ललितपुरमा जारी कात्तिक नाचको चौथो दिन बुधबार युद्धकला प्रस्तुत गरिएको छ।


कृष्ण मन्दिर परिसरको कात्तिक डबलीमा हिजो कात्तिक नाचअन्तर्गत युद्धकला मञ्चन गरिएको हो।

सो नाचमार्फत् महादेव र कृष्णको साथै शितज्वर तथा विष्मज्वरको युद्ध मञ्चन गरिएको थियो।

कात्तिक १२ गतेदेखि सुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ,दोस्रो दिन बाथ प्याखँ प्रस्तुत गरिएको थियो।

यसपटक १० दिनसम्म सञ्चालन हुने यो नाच पाटनको प्रसिद्ध नाच मानिन्छ।

प्रतिक्रिया