0
Shares
काठमाडौं – सामाजिक सञ्जालमा अहिले भारतीय गुप्तचर संस्था रअका प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केहि बुँदामा सहमति भएको एउटा पत्र भाइरल बनेको छ।
गत डिसेम्बरमा प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई गोप्य रुपमा भेटेपछि ओलीको आलोचना हुँदै आइरहेको छ।
उक्त भेटमा के भएको थियो भन्नेबारे सरकारले बताएको थिएन्। पछिल्लो पत्र भाइरल बनेपछि उक्त पत्र भ्रमपूर्ण रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारले बताएका छन।
सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दे उनले खण्डन गरेका छन्।