समाजिक धरोहर संरक्षण गर्न सवैको भुमिका आवश्यक

महोत्तरी / समाजिक धरोहर संरक्षणको निम्ति हरेकको भुमिका अहम रहेको मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साहले बताएका छन् । शनिवार रेडियो रुपान्तरणले गौशालामा आयोजना गरेको समा चकेवा प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।

उनले भने, ‘समाजिक तत्वको संरक्षणको जिम्मेवारी हरेकलाई निर्वाह गर्नुपर्ने आवश्यक रहेको छ । यो कार्य एकजनाले मात्र सम्भव छैन् । हाम्रा पौराणिक सांस्कृतिक तत्वहरु समाजबाट लोप भईरहेको छ । यसलाई बचाउनु आवश्यक छ ।’

कार्यक्रमकाबीच नगरप्रमुख डा. दिपेन्द्र महतोले समाज परिवर्तनका निम्ति छोरी वुहारीलाई नै सम्बाहकको भुमिकामा प्रस्तुत गर्दा समयमै परिवर्तन सम्भव रहेको धारणा राखेका छन् । उनले छोरी वुहारीलाई उच्च शिक्षा प्रदान गर्नका लागि सकारात्मक एवम् सहयोगात्मक भुमिका निर्वाह गरिदिनका लागि अभिभावकसमक्ष आग्रह गरेका छन् ।

यस्ता समाजिक तत्वको रक्षार्थ अभिभावको सकारात्मक भुमिकाको आवश्यकताप्रति नगरउपप्रमुख रेणु महतोले जोड दिएकी हुन् । समाचेकवाजस्ता समाजिक पर्वले भाईवहिनविचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकोले यसप्रकारका पर्व संरक्षण गर्नका लागि सवैलाई अगाडि आउनुको विकल्प नरहेको उनले धारणा राखेका छन् ।

विषहरपुर टिम भए प्रथम

सो प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट प्रर्दशन गर्ने गौशाला ९ का विषहरपुर टिम प्रथम हासिल गरेका छन् । त्यस्तै दोस्रो स्थानमा गौशाला ११ का कालिपुर टिम र तेस्रो स्थानमा गौशाला ९ का विषहपुर टिम हासिल गरेका छन् । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया