सामाचेकवा पर्व विर्सजन गरिदै ।।

धनवीर महतो

महोत्तरी / मिथिलान्चल क्षेत्रको प्रसिद्ध पर्व सामाचकेवा आज विसर्जन गरिदैछ । आज शरद (कार्तिक) पुणर्िमाको अवसर पारेर घरघरमा मनाईने सामा चेकवा पर्वको विर्सजन गरिदैछ ।

मिथिलामा छोरीलाई विवाहपछि विदाई गरिने परम्परा झै आज मध्यराति सामालाई पनि विदाई गरिने भएको गौशाला नगरपालिका ९ की ववि सिंहले बताईन् । उनका अनुसार आजराति पायक पर्ने खाली खेत वा जलाशयमा गई माटोले कलात्मक आकारमा निर्मित सामाचकेवालाई विर्सजन गरिनेछ ।

See the source image

कात्तिक शुक्ल पञ्चमी अर्थात छठपर्वको खरनादेखि कार्तिक पूणर्िमासम्म मिथिलाको घरघरमा दिदी भाइको प्रेमको प्रतिकका रूपमा सामाचकेवा पर्वमा साँझ पर्नासाथ मैथिली परम्परागत गीत गाएर पर्व मनाउने गर्दछ ।

मिथिलामा मनाइने दिदी भाइको पर्वमध्ये यो तेस्रो पर्व हो । यसअघि जनै पूणर्िमाको दिन मनाइने रक्षा बन्धन (राखी) र भाइटिकाको दिन मनाइने भाइदुजपछि सुरु भएको दिदी भाइको तेस्रो पर्व यो सामाचकेवा हो ।

गौशाला नगरपालिका ११ की ममता महतोका अनुसार साँझ पर्नासाथ टोल छिमेककी महिलाहरू चोकमा भेला भएपछि सामाचकेवाको गीत गाएर यो पर्व मनाईने गरिन्छ । उनले भनिन्, ‘घरबाट ल्याएको टोकरीमा दियो बाली सामा गीतसँगै सामा राखिएका टोकरी एक आपसमा साटासाट गर्दै सामा खेल्ने परम्परा रहेको छ । टोकरी साटासाट गर्नुको अर्थ हो-आपसी सद्भाव, टोल-छिमेकका दाजुभाइ र दिदीबहिनी साझा हुनु हो र यसले मैथिल संस्कृति परम्परालाई जोगाएर पनि राखेको छ, महताले बताईन् ।’

See the source image

सामामा बनाइएका पात्रहरु श्यामा (सामा), चकेवा (चक्रवाक), शाम्व, चुगला, सतभैया, झारझुर कुकुर, वृन्दावन लगायतलाई पनि आजै विर्सजन गरिदैछ । जुन पात्रको कलात्मक स्वरूप माटो, जुट, करजन्नी लगायतका स्थानीय उत्पादनबाट निर्माण गरिन्छ ।

झिझिया, जट-जटिन, डोमकच र सामाचकेवाजस्ता पर्वमा मिथिलामा गाइने लोक गीतले मिथिलाको संस्कृति जगेर्नामा मदत पुगेको संस्कृतिविदहरुको भनाई रहेको छ ।

प्रतिक्रिया