Monday 4th of November 2024

महाेत्तरीकाे रातु खोलामा ठेक्केदार र नेपाली कांग्रेसका कार्यकर्ता बीच झड्प, दुई जना घाईते

0 Shares

राजकरण महतो, बर्दिबास । रातु खोलामा भईरहेको उत्खन्न रोकाउन गएका नेपाली कांग्रेसका कार्यकर्ता र खोला खनिरहेका ठेक्केदार पक्ष बीच झड्प भएको छ । झड्पमा परेर नेपाली कांग्रेसमा दुई जना कार्यकर्ता घाईते भएका छन् । घाइते हुनेमा बर्दिबास–९ पशुपतिनगरका विपिन कुमार महतो र लभ कुमार सिंह छन् ।

बर्दिबास नगरपालिकाले हालै रातु खोला उत्खन्नका लागि करिब सात करोंडमा चार ठेक्केदारलाई ठेक्का लगाएको छ । खोलाले कट्टान गरेको नीजि जग्गाको नजिकैबाट नदीजन्य पदार्थ उत्खन्न गरेको भन्दै नेपाली कांग्रेस पार्टी त्यसको विरोधमा उत्रिएको पशुपतिनगर गाविसका पूर्व गाविस अध्यक्ष धनिराम महतोले बताए । जनताले कर तिरिरहेको जग्गाबाट पनि उत्खन्न भइरहेकोे उनले बताए ।

तीन फिट गहिरो गरेर मात्रै बालुवा,गिट्टी झिक्नु पर्ने शर्त छ ।तर, ठेक्केदारले ७ फिटसम्म गहिरो खाल्टो खनेर नदी जन्य पदार्थ मापदण्ड विपरित झिकिरहेका छन् ।
गत चैत्र २९ गते नेपाली काग्रेस नगर कार्यसमिति बर्दिबासले बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीलाई खोला उत्खन्न तीन दिन भित्र रोक्न ज्ञापन पत्र बुझाएका थिए ।

ह्यावी उपकरण प्रयोग गरे खोला उत्खन्न भइरहेकोले बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ का स्थानीय किसानहरुको जीवनमा नराकारात्मक असर पर्ने भएकोले तत्काल उत्खन्न बन्द गर्न कांग्रेसका बर्दिबास नगर सभापति बाणिकराज काफ्ले र क्षेत्रिय सभापति महेश कुमार झाद्वारा जारी भएको प्रेस बक्तव्यमा भनिएको छ ।

नगरपालिकाले उत्खन्न बन्द नगराएपछि खोलामा पुगेका कांग्रेसका कार्यकर्ता र ठेक्केदार पक्ष बीच झड्प भएको हो ।
यता बर्दिबास नगरपालिकाका मेयर कार्की मापदण्डकै आधारमा खोला उत्खनन भइरहेको बताएका छन् । सभार : ठाेसखबर

प्रतिक्रिया