सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

रामनारायण यादव, सप्तरी ।  सप्तरीको शम्भुनाथ नगरपालिकामा बसको ठक्करबाट एम्बुलेनस चालको मृत्यु भएको छ ।

शुक्रबार विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ स्थित बस र एम्बुलेनस एकआपसमा ठोकिदा चालकको घटना स्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि रा.उ.स्मारक अस्पताल लहान ल्याइएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी कार्य भईरहेको प्रवक्ता काफ्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार