अक्टोबरमा रूसबाट भारतले भित्र्यायो सबैभन्दा बढी पेट्रोलियम पदार्थ

एजेन्सी – भारतले अक्टोबर महिनामा रूसबाट धेरै पेट्रोलियम पदार्थ भित्र्याएको छ।

अक्टोबर महिनामा भारतले साउदी अरब र इराकबाट भन्दा बढी पेट्रोलियम पदार्थ रूसबाट भित्र्याएको कार्गो ट्र्याक गर्ने कम्पनी र्भोटेक्सले जनाएको छ।

सात मुलुक सम्मिलित समूह जी-७ रूसलाई आर्थिक रूपमा कमजोर पार्न त्यहाँबाट पेट्रोलियम पदार्थ आयात नगर्ने विषयम प्रतिबद्ध रहेपछि भारतले त्यसको लाभ लिएको हो।

भारत जी ७ मा समावेश छैन। विगतमा भारतमा आयात हुने पेट्रोलियम पदार्थ मध्ये ०.२ प्रतिशत मात्रै रूसबाट आयात हुन गर्थ्यो। अक्टोबर महिनामा भारतमा प्रतिदिन ९ लाख ३५ हजार ५५६ व्यारेल पेट्रोलियम पदार्थ आयात भएको द हिन्दुले जनाएको छ।

हाल भारतले रूसबाट कुल आयातको २२ प्रतिशत पेट्रोलियम पदार्थ आयात गरेको छ भने इराकबाट २०.५ र साउदी अरेबियाबाट १६ प्रतिशत आयात गरेको छ। रूसबाट पेट्रोलिय पदार्थ भित्र्याएको भन्दै भारतको आलोचना समेत भइरहेको छ। विश्व बजारमा जहाँ सस्तो हुन्छ त्यहाँबाट सामान आयात गर्ने हक आफूलाई रहेको भन्दै भारतले खरिदको बचाउ गरिरहेको छ।

गत महिना पेट्रोलियम मन्त्री हर्दिप पुरीले भनेक थिए,’हाम्रा नागरिकलाई पेट्रोलियम पदार्थको अभाव हुन नदिनु हाम्रो नैतिक दायित्व हो। १ अर्ब बढी जनसंख्या रहेको भारतमा उर्जा संकट हुन नदिन हामी हरेक उपाय अबलम्बन गर्नेछौँ। सहुलियत जसले दिन्छ त्यहीँबाट आयात गर्ने हो।’

प्रतिक्रिया