
रामनारायण यादव,सप्तरी । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबा विहान सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
कोसी व्यारेजको गोलघर छेउमा गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई बिहान ३ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याईएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया