रामनारायण यादव, सप्तरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद अनिर्णयको बन्दि भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तामान गतिरोध अन्तयका लागि एक मात्र विकल्प रहेको बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा आँखा अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै डा कोइरालाले सहमतिको सरकार गठन गरी अगामी मंसिर वा चैत्रमा चुनाव सम्पन्न गरी देशलाई निकाश दिन राजनितिक दलहरुसँग आग्रह समेत गरे ।
संसदिय व्यवस्थाप्रति विश्वास नहुने पार्टीहरुले संसदलाई निक्कमा बनाउन खोजेको आरोप लगाउँदै डा कोइरालाले भने –‘सरकारले संसदलाई निकाश दिन सकिरहेको छैन्, सभामुखले संसदलाई अनिर्णयको बन्दी बनाईएको आरोप समेत लगाएका छन’ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अराजक ढगले हिडिरहेको बेला प्रतिपक्षी दल नेपाली काँग्रेस अलमलमा परेको र जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएर अघि बढिरहेकाले सरकारको विस्थापन गर्न चौर्तफि रुपमा दवाद र्सिजना गर्नुपर्नेमा जोडा दिए ।