त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने पक्राउ

काठमाडौं – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शक दीर्घामा बसेर सट्टेबाजी गर्ने केही दर्शकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ। यूएईको नेपाल भ्रमणअन्तर्गत एकदिवसीय शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र यूएईबीचको खेल जारी छ।

कीर्तिपुर प्रहरी चौकी सहायक हबल्दार गणेश विकले केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको र प्रहरीलाई जानकारी नभएको बताए।

‘सीआईबीको टिम आएर उनीहरुलाई समाएर उतै लगेको छ,’ उनले अन्नपूणर्सँग भने, ‘किन समाएको भन्ने हामीलाई जानकारी छैन।’

सीआईबीका एक अधिकारीले केही व्यक्तिलाई सट्टेबाजीकै आशंका अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरे।

नेपालमा कानुनले कुनै पनि किसिमको सट्टेबाजीलाई अवैध मान्छ। तर, विभिन्न विदेशी बेटिङ प्लेटफर्मको माध्यमबाट समय-समयमा सट्टेबाजीका घटना बाहिरिने गरेका छन्।

प्रतिक्रिया