Monday 2nd of December 2024

पुर्खाले आर्जन गरेको सम्पदालाई सवै मिली संरक्षण गरौ : मन्त्री राय

0 Shares

गौशाला/ प्रदेश नंं २ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले हाम्रा पुर्खाले आर्जन गरेको रितिरिवाज, धर्म, संस्कार एवम संस्कृति सम्पदालाई सवैले मिलि संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार महोत्तरीको सोनमा गाँउपालिका ८ स्थित ठाकुरजी रामललाजी रामजानकी मन्दिर वसाहा बाबा गोविन्द दास लक्ष्मण दास प्रतिष्ठानको तेस्रो सधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री रायले सो कुरा बताउनुभएको हो । धार्मिक पर्यटकीय सम्पदालाई संरक्षण गर्नका निम्ति राजनितीक गर्नु नहुने भन्दै सकभर सवैको सहमतिमा नै यस्ता धरोहरहरुलाई रक्षार्थ सवैको सकारात्मक भुमिकाको आवश्यकता उपर मन्त्री रायले जोड दिनुभयो ।

एक अर्को प्रसंगमा मन्त्री रायले प्रदेश सरकारका कर्मचारीहरु संघिय सरकारमा रहि कार्यसम्पादन गर्दै आएकोले प्रदेश सरकारले चाहेर पनि यहाँ विकासको लहर छाउन नसकेको धारणा राख्नुभयो । मुक्तिनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न वक्ताहरु सो गुठी विकासको सम्बन्धमा चर्चा परिचर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया