गौशालाबाट नमुना मतपत्र सहित २ जना पक्राउ ।।

सुनिता महतो

महोत्तरी / मौन अवधि (स्थिर समय) मा नमुना मतपत्र लगायतका निर्वाचन सामग्री लिई जाँदै गरेको अवस्थामा महोत्तरीको गौशालाबाट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । गौशाला नगरपालिका १० वटौवामा सो निर्वाचन सामग्री सहित हिडेरहेको खवर स्थानियहरुले प्रहरीमा गराएपछि प्रहरी निरीक्षक विशाल सिंहको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका अन्सार पक्राउ पर्नेमा वर्दिवास नगरपालिका १ का ७४ बर्षिय भवानी वहादुर थापा र वर्दिवास नगरपालिका ५ का ३९ बर्षिय पदम पौडेल रहेको छ । प्रहरीका अनुसार वाग्मती प्रदेश -३ -०१ – ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र सो मतपत्र लिएर जाने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

१९४ थान नमुना मतपत्र, गाडी र मानिस उपर आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया