Saturday 5th of October 2024

चैती छठ अन्र्तगतको मुख्य पूजा, जलाशयमा अस्ताउदो सुर्यलाई अर्घ दिई मनाईदैछ ।।

0 Shares

महोत्तरी/ धार्मिक आस्था एवम विधिवत रुपमा मनाईने मिथिलान्चलको कठोर पर्व चैती छठको मख्यपूजा आज साँझ अस्ताउदो सुर्यलाई अर्घ दिई मनाईदैछन । आज साँझ व्रतालु नजिकको जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिई मुख्य पूजा मनाईदैछन ।


घरमा शुद्ध र चोखो भई बनाईएको ठकुवा, भुसवा, नरिवल, केरा लगायतका फलफूल एवम मिष्ठान परिकार भगवान सुर्यलाई अर्पण गर्ने धार्मिक प्रचलन रहेको छ । आज साँझ ब्रतालुहरुले नदी, पोखरी, तलाउलाई दुल्ही झै सिंगारेर सजाएका छन ।
त्यस्तै पर्वको अन्तिम दिन भोली एकाविहानै पुनः उदाँउदो सुर्यलाई अर्घ दिई छठ सम्पन्न गरिने परम्परा रहेको छ । यस दिनलाई पारन भन्ने गरिन्छ ।


छठपर्व मनाउनुको पछाडि वैज्ञानिक र ज्योतिष मान्यता रहिआएको छ । यो पर्व गर्दा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । पहिले–पहिले चैती छठ मानिसले नगण्यमात्रामा मनाउने गर्दथे तर पछिल्ला वर्षमा चैती छठ गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया