मतगणना आज दिउँसोबाट

सुनिता महतो
महोत्तरी / महोत्तरीमा सम्पन्न भएको निर्वाचनको गणना कार्य आजबाट शुरु गरिने तयारी गरिएको छ । आईतबार शान्तमय वातावरणमा सम्पन्न भएको निर्वाचनको मतपेटिक मिलाउने कार्य अहिले भईरहेकोले दिउँसोबाट मतगणनाको तयारी भईरहेको छ ।
निर्वाचन क्षेत्र नं. १
क्षेत्र नं. १ को मतगणना शुरु गर्नका लागि अहिले विहान सर्वदलीय वैठकको आव्हान गरिएको छ । केहीछिनमा वैठक बसेर प्रक्रियागत रुपमा मतगणना कार्यको शुरु हुने निर्वाचन अधिकृत सन्देश अधिकारीले जानकारी दिए । वर्दिवासस्थित कर्भडहलमा मतगणनाको वन्दोवस्त मिलाईएको बताएका छन् ।
निर्वाचन क्षेत्र नं. २
वलवा नगरपालिकास्थित बनौटामा यस निर्वाचन क्षेत्रको मतगणना गर्नका लागि वन्दोवस्त मिलाईएको छ । निर्वाचन अधिकृत अरुणकुमार झाका अनुसार अहिले विहान ६ बजेसम्म मतपेटिका मिलाईएको र मध्यान्हबाट मात्र मतगणना शुरु गरिने तयारी भएको छ । अहिले विहान १० बजेको समयमा सर्वदलीय वैठकपछि मतगणना शुरु हुनेछ ।
महोत्तरी क्षेत्र नं. ३
महोत्तरीका मुख्य निर्वाचन अधिकृत हेमवहादुर सेनका अनुसार अहिले विहान निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय वैठक वसि प्रक्रिया मिलाएर मतगणना हुनेछ । उनले भने, ‘अहिले वाक्स मिलाउने कार्य भईरहेको छ । त्यसपछि आज विहान १० बजे सर्वदलीय वैठक वस्नेछ । अनि कागजपत्र मिलाएर दिउँसो १ बजेबाट मात्र मतगणना शुरु हुनेछ ।’
महोत्तरी क्षेत्र नं. ४
रामगोपालपुरमा क्षेत्र नं. ४ को लागि मतगणना गराउने तयारी भईरहेको छ । अहिले प्रक्रिया मिलाएर मतगणना गराउने तयारी भईरहेको खवर प्राप्त भएको छ ।
सुरक्षा वन्दोवस्त चुस्त छन् : सहायक प्रमुख जिल्ला अधिकारी
हामीले निर्वाचनको मतमतपरिमाण अवधिभरिमा आवश्यकमात्रा सुरक्षा प्रवन्ध मलाईएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार चारवटै मतगणनास्थलको वाहिरी सुरक्षाको वन्दोवस्त भरपुर मात्रामा मिलाईएको छ । शान्तमय तवरले मतदान भए झै मतगणना पनि सोही वातावरणमा सम्पन्न हुने अधिकारी न्यौपानेले जनाएको छ । पत्रकारहरुको लागि सहज र सरल रुपमा अपडेट गराउने यसपटक तयारी गरिएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार