महोत्तरीमा दुईमा मतगणना शुरु, दुईमा साँझदेखि हुने ।।

धनवीर महतो

महोत्तरी / महोत्तरीको दुई निर्वाचन क्षेत्रमा मतगणना शुरु भएको छ । निर्वाचन क्षेत्र नं. १ र क्षेत्र नं. ४ मा सोमबार दिउँसोदेखि मतगणना शुरु भएको हो ।

त्यस्तै क्षेत्र नं. २ र क्षेत्र नं. ३ मा आन्तरिक रुपमा प्राविधीक विषयवस्तुउपर सहमति हुन नसकेपछि शुरु हुन नसकेको महोत्तरीका मुख्य निर्वाचन अधिकृत हेमवहादुर सेनले बताए । उनका अनुसार अव प्राविधीक विषयवस्तु उपर लगभग सम्झौता भईसक्यो र सम्भवत यी दुई निर्वाचन क्षेत्रको मतगणना साँझ ७ बजेपछि गरिने तयारी भएको जनाएको छ ।

महोत्तरीमा चार निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया