महोत्तरी-१ मा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना अवरुद्ध

सुनिता बराल

महोत्तरी क्षेत्र नं. १ मा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दुई घन्टादेखि मतगणना रोकिएको छ ।

महोत्तरी क्षेत्र नं. १ ख को गौशाला ४ को मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको धेरै मतपत्र फेला परेपछि विवाद सिर्जना भएको दलका प्रतिनिधिले बताएका छन् ।

गणना भइरहेको मतदान केन्द्रको एमालेको मत गणना सकेपछि माओवादी केन्द्रको गणना गरिरहँदा बाक्लो संख्यामा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि माओवादी केन्द्रका प्रतिनिधिले एमालेको मतपत्र पुनः हेर्नुपर्ने माग गरेका थिए ।

भेटिएका हस्ताक्षर बिनाका मतपत्र पुनः हेर्न अनुमति नदिई हेरिएको गणना गरिसकेको मतलाई सदर गर्नुपर्ने माग आफूहरुको रहेको एमालेका निरज अधिकारीले बताए ।

दुवै दलका प्रतिनिधिबीच उक्त विषयमा कुरा नमिल्दा क्षेत्र नं. १ को प्रतिनिधिसभा तर्फको मतगणना दुई घन्टादेखि अवरुद्ध भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया