मिडिया सेन्टर नहुँदा पत्रकारलाई सुचना संकलनमा समस्या

धनवीर महतो
महोत्तरी / प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतपरिमाणको समाचार संकलनको क्रममा यहाँका पत्रकारहरुलाई असहज भएको छ । मतपरिमाणको समाचार संकलनको लागि मतगणनास्थलमा पत्रकारहरु सहज प्रवेश पाउन सकेको छैन् ।
त्यस्तै प्रवेश पाएतापनि पत्रकारहरुलाई संचारसामग्री वाहिर राख्नुपर्ने वाध्यता छ । जसको कारण स्पष्ट रुपमा समाचार संकलनका लागि अप्ठयारो हुने गरेको नेपाल टेलिभजनका महोत्तरी सम्वाददाता राजिव रायले बताए । पत्रकार रायले भने, ‘डेक्सले अह्राएको काम गर्न सक्ने अवस्था हामीजस्ता पत्रकारहरुले झेल्नुपर्ने अवस्था रहेको छ । प्रायः दुईवटा प्रवेशद्वार रहेको मतगणनास्थलमा पहिलो गेटमा मुश्किलले प्रवेश पाएका संचारकर्मीहरुले दोस्रोगेट प्रवेशको क्रममा संचारसामग्री वाहिर राख्नुपर्ने अवस्था रहेको छ ।’

मिडिया सेन्टर भएन् व्यवस्थित

चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीका जलेश्वर, वनौटा, रामगोपालपुर र वर्दिवासमा मतगणना भईरहेको छ । जसअन्र्तगत वर्दिवासमा मतगणनास्थलभित्रै पत्रकारहरुको लागि वस्नको लागि बन्दावस्त मिलाईएको छ । क्षेत्र नं. ४ मा भने वाहिर वसेर समाचार संकलन गर्नुपर्ने वाध्यता रहेको छ । चिसोको मौसममा वाहिर बसेर काम गर्दा पत्रकारहरु विरामी पर्न सक्ने सम्भावना रहेको पत्रकार रविन्द्र कुशवाहाले बताए । उनले भने मौसमलाई ख्याल राखेर भएपनि निर्वाचन आयोगले यहाँ वैकल्पिक रुपमा भएपनि मिडिया सेन्टर आवश्यक रहेको तर्क राखेका छन् ।
यता क्षेत्र नं. ३ मा सहज रुपमा पत्रकारलाई प्रवेशमा रोक लगाउँदा त्यहाँ मिडिया सेन्टरको कुनै कुरै पाएन् । यता जलेश्वरस्थित मतगणनास्थलमा भने पत्रकारलाई केही मात्रामा सहज गरिएको छ । नयाँपत्रिकाका सम्वाददाता रंजन भण्डारीका अनुसार जलेश्वरमा पत्रकारलाई समाचार संकलनका लागि अलगै कोठाको व्यवस्थापन गरिएको छ । जहाँबाट पत्रकारहरु समाचार संकलन गर्न सकिन्छ । तर अन्य स्थानमा भने यसको व्यवस्थापनमा भने कन्जुसाई भएकै उनको ठहर रहेको छ ।
यस सम्बन्धमा महोत्तरी क्षेत्र नं. ३ का निर्वाचन अधिकृत अरुणकुमार झाले आवश्यक पूर्वाधार अभावका कारण हामीले चाहेर पनि मिडिया सेन्टरको स्थापना गर्न नसकेको स्वीकार गरेका छन् । झाले भने, ‘कुरा रहयो प्रवेशको मैले त्यो त सुरक्षाकर्मीमा भर पर्दछ । उनीहरुको डयुटी परिवर्तन हुदा सवैलाई सम्झाउन नसक्दा यस्तो समस्या आएको हो । अव यस्ता समस्याको समाधान गरिनेछु ।’
हरेक सुरक्षाव्यवस्था मजवुत बनाउने क्रममा प्रवेशमा केही झन्झटिलो रहेको स्वीकार गरेका छन् । संचारकर्मीको हकमा भने हामीले सहज गरेतापनि सुरक्षाकर्मीको कारण यस्तो हुन नसकेको धारणा राखेका छन् ।
मतगणनास्थलमा पत्रकारलाई सहज प्रवेशका लागि आफुले वारम्बार आग्रह गर्दै आएकी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी अध्यक्ष सुनिता बरालले बताईन् । कतिपयले यसको पालना गरेको छ भने कतिपयले अझ अटेरिपन गरेको अवस्था रहेको उनले बताईन् । पत्रकारलाई समाचार संकलनका लागि छुट्टै कक्षको स्थापना गरिदिनका लागि अध्यक्ष वरालले. आग्रह गरेकी छिन् ।

प्रतिक्रिया