Friday 20th of September 2024

प्रधानमन्त्रीले कांग्रेस महाधिवेशन सर्न सक्ने भन्नु दुर्भाग्यः डा. शेखर

0 Shares

काठमाडौं नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस महाधिवेशनबारे प्रधानमन्त्री केपी शर्माले गरेको कुराप्रति आपत्ति जनाउनु भएको छ ।

डा. शेखरले सर्वदलीय बैठकमा कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य भएको बताउनु भएको हो ।

डा. शेखरले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो।’

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले काँग्रेस महाधिवेशन सर्न सक्ने आशयको कुरा राख्नु भएको थियो ।

डा. शेखरले महाधिवेशन कांग्रेस पार्टीले गर्ने भएकाले यसमा कसैको स्वार्थ स्विकार्य नहुने बताउनुभयो ।

प्रतिक्रिया