काठमाडौं: प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।  पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म २६ जना निर्वाचित भइसकेका छन् । जसमध्ये १३ जना कांग्रेसका, ५ जना एमालेका, २ जना माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

 

यस्तै, तीन जना राष्ट्रिय स्वतन्त्र पार्टीका, एक जना नेकपा एकीकृत समाजबादीका, १÷१ जना राप्रपा र नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार निर्वाचीत भएका छन् । निर्वाचीत मध्ये २०७४ मा सांसद नरहेका १८ जना नयाँ अनुहार देखिनेछन् । यस्तै, संसदमा अहिलेसम्म निर्वाचीत मध्ये ११ जना नयाँ अनुहारको प्रवेश हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, विराजभक्त श्रेष्ठ, गणेश पराजुली नयाँ अनुहार हुन् । यस्तै, कांग्रेसका प्रदीप पौडेल, सन्तोष चालिसे, योगेश गौचन नयाँ अनुहार हुन् । एमालेका अम्बरबहादुर रायमाझी र प्रेमलाल महर्जनको संसदमा पहिलो पटक उपस्थित हुनेछ । माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, राप्रपाका धवलसमशेर जवरा र नागरिक उन्मुक्ती पार्टीका रञ्जना श्रेष्ठ चौधरी संसदमा प्रवेश गर्ने नयाँ अनुहार हुन् ।

प्रतिक्रिया