दोब्बर बढी मतले एमाले अध्यक्ष ओली विजयी

झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८ हजार मतान्तरले विजयी भएका छन्। झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन्।

दोब्बर बढी मतले एमाले अध्यक्ष ओली विजयी

उनका प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएका हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

उनको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले पहिलो खाता खोलेको हो।

गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटि सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन्।

शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन। खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन्। ८१ हजार ७ सय ६४ मत खसेको थियो।

२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पहिलो पटक कांग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रवीन कोइरालासँग पराजित भएका थिए।

२०७४ सालको निर्वाचनमा उनी माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्रका पालिकाहरूमा एमाले जनप्रतिनिधिको वर्चस्व रहेको छ।

 

प्रतिक्रिया