मेयर पदमा पराजित भए पनि रौतहट ३(क) मा प्रभु साह प्यानलको चौधरीको सफलता

गौर। रौतहट क्षेत्र नम्बर ३(क) बाट स्वतन्त्र उम्मेदवार केशव राय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले(जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन् । यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाकी पुजा चौधरीले १० हजार १३२ मत हासिल गरेकि छिन् । मधेश प्रदेशको वन राज्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७ हजार ६२२ मतका साथ तेस्रो भएका छन् ।

४४ वर्षीय चौधरी ईन्जिनियर हुन् । उनी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा ३४४ मतको झिनो अन्तरले पराजित भएका थिए । नेकपा एमालेले जसपासंग गठबन्धन गरेपछि तत्कालीन स्थायी कमिटी सदस्यले एमालेको टिकट छाडेर स्वतन्त्र सांसद उम्मेदवारी दिएपछि चौधरीले पनि साहलाई साथ दिदै स्वतन्त्र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया