महोत्तरी क्षेत्र नम्बर १ मा लक्ष्मी महतोको अग्रता कायमै,गिरीराज १३४८ मतले पछाडी

गौशालाः महोत्तरी क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा देखिएको छ । सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेल पछाडी परेका छन् । उनलाई १३४८ मतान्तरले नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले पछाडी पारेका छन् ।

गौशाला नगरपालिकाको १२ वटै वडा र बर्दिवासको वडा नं. १० –क– खैरमाराको लक्ष्मीनारायण मा.वि. बुथ सम्मको मत गणना गरिसक्दा एमालेका लक्ष्मीले ११ हजार ००३ मतका साथ अग्रता लिएका हुन् । माओवादीका गिरिराजमणीले ९ हजार ६५५ मत ल्याएर दोस्रो स्थानमा छन् ।

गिरिराजमणीको सुरुवाती अग्रतालाई तोडेका लक्ष्मीले निरन्तर आफ्नो अग्रता कायम राखेको छ ।

प्रतिक्रिया