महोत्तरी-२ बाट शरदसिंह भण्डारी विजयी

महोत्तरी: लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा दोस्रोपटक विजयी हासिल गरेका छन् ।

 

शुक्रबार सम्पन्न मतपरिमाण अनुसार भण्डारीले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई दोव्वर मतअन्तरले पराजित गरि प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतअनुसार भण्डारीले २५ हजार १९० मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका डा. विजयकुमार सिंहले ११ हजार १२० मत ल्याएका छन् । भण्डारी र सिंहबीच मतान्तर १४ हजार ७० छ ।

त्यस्तै नेकपा एमालेका डा. रामपरीक्षण यादवले १० हजार २५८ मत हासिल गरेका छन् । भण्डारी यसभन्दा अगाडि पनि सोही निर्वाचनक्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

 

प्रतिक्रिया