
महोत्तरी / तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष वृषेशचन्द्रलालले हार व्यहारेको छ । निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधी सभा सदस्य पदका लागि उम्मेदवार दिएका लाल लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रि अध्यक्ष महन्थ ठाकुरसँग पराजय भएका हुन् ।
सतारुढ गठबन्धनको साझा उम्मेदवार रहेका ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हासिल गरेका छन भने लालले १ हजार ८३ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।
वरिष्ठ नेता डा. विजयकुमार सिंह पनि पराजित
त्यस्तै पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंह पनि पराजित भएको हो । महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधीसभा पदका लागि उम्मेदवारी दिएका सिंह पराजय भएका हुन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीसँग उनी पराजय भएका हुन् । भण्डारीले २५ हजार १९० मत ल्याएका छन् भने डा सिंहले ११ हजार १२० मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिंह र भण्डारीवीचको मतअन्तर १४ हजार ७० रहेको छ ।