Thursday 6th of February 2025

महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित

0 Shares

गौशाला ः महोत्तरीमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेललाई १०३१ मतअन्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृत कार्यालयका अनुसार लक्ष्मी महतोले २४ हजार ४०१ मत प्राप्त गरी विजय हासिल गरेका छन् । पराजित भएका पोखरेलले २३ हजार ३७० मत ल्याएका छन् । महतो र पोखरेलबीचको मतान्तर १०३१ रहेको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया