एमालेकी नेतृ दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित ।।

धनवीर महतो
महोत्तरी / नेकपा एमालेकी नेतृ शारदादेवी थापा दोस्रोपटक महोत्तरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यमा विजयी भएकी छिन् । आईतबार विहान सम्पन्न अन्तिम मतपरिणामअनुसार थापा ८ हजार ३ सय ४ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पिताम्बर महतोले ७ हजार ५ सय ८४ मत ल्याएका छन् । थापाले महतोलाई ७२० मतले पराजित गरेकी हुन् ।
वि.सं. २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा नेतृ थापा सोही पार्टीबाट सोही ठाँउबाट निर्वाचित भएकी थिईन् ।
यो सँगै महोत्तरीका हरेक निर्वाचनक्षेत्रमा प्रत्यक्षतर्फको नतिजा सार्वजानिक भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार