Thursday 6th of February 2025

राैतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

0 Shares

रौतहट – रौतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिङमा उनीहरू संक्रमणबाट उनीहरूमा कोरोना पुष्टि भएको हो। नगरपालिका–७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक जना शिक्षक तीन दिनअघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो।

उनीहरुको शनिबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो। आइतबार पनि ३ जनामा कोरोना पोजेटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए।

शनिबार १५ जनाको परीक्षण गर्दा शिक्षकसहित १० जना कोरोना संक्रमित भएको थियो। आइतबारसम्म रौतहटमा २२ जना सक्रिय संक्रमित रहेका प्रजिअ यादवले बताए।

कोरोना संक्रमित भएका शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक साता सम्म बन्द गर्न निर्देशन दिइएको प्रजिअ यादवले बताए।

संक्रमितहरु होम आइसोलेसनमा

​रौतहटमा कोरोना संक्रमित बढदै गएको भए पनि अझै पनि आइसोलेसन संचालनमा आउन सकेको छैन। गौर,देबाही गुनाही र चन्द्रपुरमा आइसुलेसन निर्माण गरिएको छ।

आइसोलेसन सञ्चालनमा नआउँदा कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन्।

प्रतिक्रिया