निर्वाचित महतोलाई निगौलवासीले गरे ११० किलोको मालाले स्वागत ।।

गाैशाला: प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएपछि हर्षित भएका गाँउवासीले ११० किलोको पूmलमालाले स्वागत गरेका छन् । आईतबार विजयी घोषित भएपछि हर्षवढाई कार्यक्रममा सहभागी भएको क्रममा उनका गाँउ निगौलका स्थानियहरुले ११० किलोको माला पहिराएर सम्मान गरेका हुन् ।            ईमली वजारस्थित हनुमान मन्दिरमा दर्शन गर्ने क्रममा महतोलाई निगौलवासीले सो सम्मान व्यक्त गरेका हुन् । विहानैदेखि शुरु भएको सो विजयी जुलुश निगौलमा गई सम्पन्न भएको हो । सतारुढ ५ दलीय गठबन्धनका साझा उम्मेवार गिरीराजमणि पोखरेललाई पराजित गरि नेता महतोले प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।  यसभन्दा अगाडिको निर्वाचनमा महतोलाई तत्कालिन वाम गठबन्धनका उम्मेदवार पोखरेलले पराजित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार