निर्वाचित महतोलाई निगौलवासीले गरे ११० किलोको मालाले स्वागत, ओर्लिए गौशालावासी (फोटो फिचर)

गौशाला (महोत्तरी) / प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएपछि हर्षित भएका गाँउवासीले ११० किलोको पूmलमालाले स्वागत गरेका छन् ।

आईतबार विजयी घोषित भएपछि हर्षवढाई कार्यक्रममा सहभागी भएको क्रममा उनका गाँउ निगौलका स्थानियहरुले ११० किलोको माला पहिराएर सम्मान गरेका हुन् ।

ईमली वजारस्थित हनुमान मन्दिरमा दर्शन गर्ने क्रममा महतोलाई निगौलवासीले सो सम्मान व्यक्त गरेका हुन् । विहानैदेखि शुरु भएको सो विजयी जुलुश निगौलमा गई सम्पन्न भएको हो । सतारुढ ५ दलीय गठबन्धनका साझा उम्मेवार गिरीराजमणि पोखरेललाई पराजित गरि नेता महतोले प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

यसभन्दा अगाडि २०७४ सालको निर्वाचनमा तत्कालिन नेकपा एमाले माओवादी केन्द्र (वाम गठबन्धन)का उम्मेदवार गिरीराजमिण पोखरेलसँग संघीय समाजवादी फोरमको उम्मेदवार नेता लक्ष्मी महतो पराजित भएका थिए । सो समयमा नेता पोखरेलले २३ हजार ७७६ मत ल्याएर पोखरेल निर्वाचित भएका थिए भने नेता महतो १९ हजार ४९२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार