माओवादिको लालकिल्लाई विराट किल्ला बनाउने लक्ष्मी महतोको प्रतिवद्वता

वर्दिवास / विजयी जुलुशमा निस्किएको समयमा नवननिर्वाचित प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोले वर्दिवास नगरपालिका-३ मा मन्दिर र अस्पतालको शिलान्यास गरेका छन् । विजयी जुलुश सहित वर्दिवास नगरपालिका ३ स्थित पाटु, कालापानि, पर्साईधापी पुगेका नवनिर्वाचित साँसद महतोले सो स्थानमा २ कोठे स्वास्थ्य चौकी भवन र राजावासमा शिव मन्दि रकाे शिलान्यास गरेका हुन् ।
सोही क्रममा महतोले आफनो व्यक्तिगत लगानीमा सो स्वास्थ्य चौकी भवन निर्माण गरिने उद्घोष गरेका छन् । माओवादीको पकड रहेको सो क्षेत्रमा आफुले जनप्रिय कार्यक्रम गरेर लोकप्रियता कमाउने महतोले प्रतिवद्धता जनाए । उनले भने, ‘मेरो एउटै लक्ष्य हो, त्यो हो विकास । हुन त म पहिले पनि व्यक्तिगत लगानीमै समाजिक कार्य गर्दै आएका थिए । जनतालाई अतिआवश्यक भएको खण्डमा सकभर सरकारी नभए त व्यक्तिगत रुप भएपनि विकास गरिरहेनछु । अब आतिनुपर्ने पर्दैन् । यहाँ क्रमिक रुपमा विकासको मुहान ल्यानेछु । जनताले ढिलै भएपनि मलाई विकास गर्नका लागि अवसर दिएको छ । त्यसको लागि आममतदातामा धन्यवाद छ । म उनीहरुको ऋण अवश्य नै चुकाउनेछु ।’
आईतबार प्रतिनिधीसभा सदस्यमा विजयी भएपछि महतो जनतालाई धन्यवाद दिनका लागि गाँउ गाँउमा पुगिरहेका छन् । जहाँ स्थानियहरुले पूmलमाला र अविरले उनलाई भव्य स्वागत   गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार