सञ्चारमन्त्री कार्की झिनो मतअन्तरले विजयी

जनकपुरधाम / नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले जितेका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उनले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेर विजयी हुँदा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।

कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका कार्की विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार