गौशालामा निःशुल्क बन्ध्याकरण शिविर संचालनमा

धनवीर महतो

महोत्तरी / सन्तानको ईच्छा पुगेका महिला र पुरुषको लागि महोत्तरीको गौशालामा आजदेखि निःशुल्क बन्ध्याकरण शिविर संचालनमा आएको छ । विहीबार गौशालास्थित प्राथामिक स्वास्थ्य उपचार केन्द्रमा एक समारोहकाबीच सो शिविरको उद्घाटन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा शुरु भएको सो शिविरमा वन्ध्याकरण गराउने महिला वा पुरुषलाई जनही ३ सय रुपैयाँका दरले उपलब्ध गराईने भएको छ । निःशुल्क रुपमा वन्ध्याकरण गरिनुको साथ आवश्यक औषधीको बन्दोवस्त पनि सितैमा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा भोला यादवले जानकारी दिए । यसवीचमा कुनै पनि समयमा कुनै किसिमको समस्या आए त्यसको निदान पनि निःशुल्क रुपमा गरिने प्रवन्ध मिलाईएको प्रमुख डा. यादवले बताए ।

सो शिविर जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा संचालन हुनेछ । उद्घाटन सत्रमा गौशाला नगरप्रमुख डा. दिपेन्द्र महतो, प्राथामिक स्वास्थ्य केन्द्र गौशालाका प्रमुख डा. पूजा यादव, जनस्वास्थ्य निरीक्षक राजकिशोर यादव लगायतका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार