गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

महोत्तरीको गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गौशाला न.पा.– १२ का राष्ट्रिय मा.वि.कान्तिबजारमा कार्यक्रम गरिएको छ ।

गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतोको अध्क्षता र गौशाला नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष कुशेश्वर कुशवाहाको प्रमुख अतिथिमा १६ दिने अभियानको आज पहिलो दिन सुरुवात भएको छ ।

१६ दिने लैङ्गिक हिंसामुक्त अभियान संचालन भईरहेको समयमा हिंसालाई न्युनिकरण हुने किसिमको भुमिका निर्वाह गरिदिनका लागि गौशाला नगरपालिकाका उपमेयर रेनु कुमारी महतोले जोड दिईन् । उपमेयर महतोले भनिन्,‘लैङ्गिक हिंसाको शिकारमा समाजमा महिला मात्र होईन्, पुरुष पनि प्रत्यक्ष रुपमा यसको शिकारमा फस्दै आएका छन् । समाजिक कुरितीका तत्वहरु वालवाविवाह, महिलाहिंसा,भ्रुण हत्या, दहेजप्रथा लगायतका प्रवृतिको अन्त्य गर्नका लागि सवैको भुमिकाको आवश्यक रहेको छ ।
सो कार्यक्रममा प्रशासन शाखाकी शौर्या साह, सामाजिक विकाश शाखाकी अस्मीता कुमारी ,प्राबिधिक शिक्षलयका डा. ईन्दल महतो, विद्यालयका प्र.अ. देवी प्रसाद,सह–प्रधानध्यापक महावीर महतो, वडा सदस्य रिंकु महरा, सुमिन्त्रा यादव, पंजिकरण शाखाकी विनिता यादव लगायत विद्यालयका शिक्षकहरु,शिक्षिकाहरु,बाल–वालिका, प्रहरी प्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार