Thursday 20th of June 2024

गौशाला न.पा.मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको आज दोश्रो दिन सम्पन्न

0 Shares

गौशाला: महोत्तरीको गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गौशाला नगरपालिका वडा नं. १० स्थित श्री जनता मा. वि. भरतपुरमा कार्यक्रम गरिएको छ।
गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतोको अध्यक्षतामा १६ दिने अभियानको आज दोश्रो दिन सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य दिदैं नगरउप–प्रमुख रेनु महतोले नोभेम्वर २५ देखी दिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानको रुपमा बिभिन्न कार्यक्रमहरु गरी लैङ्गगिक बिरुद्ध १६ दिने अभियान मनाउने भएकोले यस कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्नु पर्ने आवश्यक भएको बताईन् । “सभ्य समाजको पहिचान लेङगिक हिंसा बिरुद्धको अभियान” भन्ने नाराका साथ आज दोश्रो दिन गौशाला नगरपालिकाको वडा नं.१० स्थित जनता मा.वि. विद्यालयमा अध्ययनरत ८० जना छात्र, छात्रा, को सहभागितामा लैङगिक हिंसा विरुद्ध सम्बन्धि प्रशिक्षण कार्यक्रम गरीएको हो ।
सो कार्यक्रममा गौशाला न.पा.को प्रशासन शाखाकी शौर्या साह, सामाजिक विकाश शाखाकी अस्मीता शर्मा , विद्यालयका प्र.अ. रामनारायण साह, वडा सदस्य, पंजिकरण शाखाकी विनिता यादव लगायत विद्यालयका शिक्षकहरु,शिक्षिकाहरु,बाल–वालिका, प्रहरी प्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया