Saturday 15th of June 2024

धनुषामा जन्ती बोकेको जीप दुर्घना, ५ जनाको मृत्यु

0 Shares

गोविन्द महतो / विजय कुमार सिंह

जनकपुरधाम / धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजारमा पिकअप भ्यान र विंगर एकआपसमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । शनिबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ च १४९६ नम्बरको पिकअपले विपरीत दिशाबाट आँदै गरेको बा १ ज ८३९३ नम्बरको विंगर दुर्घटना भएर पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विंगर चालक धनुषाको धनौजी गाउँपालिक–४ का अब्दुल मन्सुरी, धनुषाको मुखियापट्टी मुसहरनिया–४ तुल्सीयाहीकी २९ वर्षीया रुवी साह, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ की १७ वर्षीया मन्जुकुमारी साह, १३ वर्षीया उनकी बहिनी सृजना साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार मृतक मध्येका एकजनाको सनाखत हुन सकेको छैन ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा गाडी दुर्घटनामा परेको हो ।

प्रतिक्रिया