Thursday 6th of February 2025

गर्भवतीलाई साबुन वितरण

0 Shares
महोत्तरी / मटिहानी नगरपालिकाले गर्भवती महिलालाई स्वास्थ्य चौकीमा प्रोटोकल अनुसार ८ पटक जाँच गराउन प्रोत्साहित गर्ने उद्देश्यले सरसफाई सामग्री साबुन वितरण कार्यक्रम ल्याएको छ ।
 नगरपालिका अन्तर्गतका चार वटा स्वास्थ्य चौकीबाट प्रोटोकल अनुसार ८ पटक जाँच गराएमा प्रत्येक पटक प्रोत्साहन स्वरूप १(एक) वटा लुगा धुने साबुन दिने कुरा नगर स्वास्थ्यका संयोजक पवन मंडलले बताउनुभयो ।
   यसै बिच एक कार्यक्रमबीच  गर्भवतीलाई लुगा धुने साबुन वितरण गर्नको लागि स्वास्थ्य चौकी प्रमुखहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख(मेयर) श्री हरि प्रसाद मण्डलले हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया