Friday 14th of June 2024

हृदयघातका कारण मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधन

0 Shares

धनवीर महतो
महोत्तरी / हृदयघातका कारण मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ । एक कार्यक्रममा सहभागी हुन् सर्लाही पुगेका भट्टराई शनिबार बिहान लालबन्दी नगरपालिका पत्थरकोटस्थित होली डे रिसोर्टको कोठाभित्र मृत भेटिएका हुन् ।


नेपाल पत्रकार महासंघ सर्लाहीको सधारणसभामा उपस्थिती नभएपछि खोजी गर्ने क्रममा उनी त्यहि रिसोर्टको कोठाभित्र मृत भेटिएको पत्रकार महासंघ सर्लाहीका सदस्य मुकेश झाले जानकारी दिए । झाका अनुसार राति खाना खाएर त्यहि होटेलमा वास बसेका अध्यक्ष भट्टराई आज विहान मृत भेटिएका हुन् । होटलको कोठामा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा उनी भेटिएका हुन् । अध्यक्ष भट्टराईको मुखबाट रगत निस्किएको देखिएको छ ।


अहिले मृतकको परिवार घटनास्थलमा आईपुगेको छ । प्रहरीले पोष्टमार्डमका लागि मुचुल्का उठाउने तयारी गरिरहेको पत्रकार झाले जानकारी दिए ।
७० वर्षीय भट्टराई उच्च रक्तचापका रोगी रहेको बुझिएको छ ।
लामो समयसम्म सप्तरीबाट पत्रकारिता गर्दै आएका भट्टराईलाई मधेस प्रदेश सरकारले मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा भाग लिनका लागि शुक्रवार अध्यक्ष भट्टराई सर्लाही पुगेका थिए ।
सधारणसभा स्थगित
यसैवीच आजको लागि निर्धारण गरिएको नेपाल पत्रकार महासंघ सर्लाहीको सधारणसभा स्थगित गरिएको छ । पत्रकार महासंघ सर्लाहीले कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पाल्नुभएका मधेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईको मृत्यु भएपछि सधारणसभाको कार्यक्रम तत्कालको लागि स्थगित गरिएको जनाएको छ ।


यस कार्यक्रमलाई शोकसभाको रुपमा परिणत गरिने निणर्य गरेको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकवहादुर क्षेत्रीले बताएका छन् ।
भट्टराईको निधनप्रति मुख्यमन्त्री राउतले शोक व्यक्त
मधेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधनप्रति मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले शोक व्यक्त गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री राउतले शनिवार शोक सन्देश जारी गर्दै अध्यक्ष भट्टराईको निधनले मधेश प्रदेशमा पत्रकारिता जगतमै अपुरणीय क्षति भएको जनाएको छ ।


यस घटनाले आफुलाई मर्माहित बनाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया