Friday 14th of June 2024

अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शैक्षिक सामग्री वितरण ।।

0 Shares

धनवीर महतो
महोत्तरी / मटिहानी नगरपालिकाले ३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको हो ।


नगरभरिका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत प्राथमिक तहका ४५ जना अपाङ्ग छात्र-छात्राहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो ।


नगरपालिकाको लक्षित कार्यक्रम अन्र्तगत उनीहरुलाई सो सामग्री वितरण गरिएको नगरप्रमुख हरि प्रसाद मंडलले जानकारी दिएका छन् । कार्यक्रमको अवसरमा आजै विहान जनचेतनामुलक र्‍याली निकालिएको नगरप्रमुख मंडलले बताए ।


सो विच नगर उप-प्रमुख मन्जु देवी साह, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास लगायतका वक्ताहरुले अपाङ्ग दिवसबारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया