लालुप्रसाद यादव जेलबाट रिहा

काठमाडौँ- राष्ट्रिय जनता दलका (राजद) प्रमुख लालू प्रसाद यादव आज जेलबाट रिहा हुँदैछन् । चारा घोटाला सम्बन्धी दुमका कोषागारमा जमानत पाएपछि राजद प्रमुख लालु प्रसाद यादव आज सोमबार जेलबाट रिहा हुने भएका छन्। यद्यपि, लालुका परिवारले उनी घर फर्कन केहि समय लाग्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्।

वास्तावमा उनि दिल्लीको एम्स अस्पतालमा विभिन्न रोगहरूको उपचार गर्दैछन् । रिहाइ हुने  खबर पाएपछि उनका समर्थकहरूले उनलाई स्वागत गर्न भव्य तयारी गर्न थालेका छन्। तर, उनको परिवारले लालु पूर्णस्वस्थ भएपछि मात्र पटना फर्कने जानकारी दिएका छन्।

लालुका कान्छा छोरा तेजस्वी यादवले भने, ‘राजद प्रमुखको एम्समा उपचार भइरहेको छ र उहाँ केहि समय अस्पतालमै रहनु हुनेछ।’

उनी सुगर र मुटु सम्बन्धी समस्याहरूको सामना गर्दैछ। यसबाहेक उनलाई मिर्गौला र श्वासप्रश्वासको समस्या पनि छ। परिवारका सदस्यहरू उनको उपचार गर्ने चिकित्सकसँग निरन्तर सम्पर्कमा रहने भारतीय संचार माध्यमहरुले जनाएका छन्। त्यसैगरी, लालुकी श्रीमती राबडी देवी र छोरी मीसा भारती जमानत पाएपछि दिल्ली रवाना भइसकेका छन्।

प्रतिक्रिया