Saturday 15th of June 2024

अपाङ्ग भवन निर्माणका लागि जग्गादान गर्ने महतोको उद्घोष

0 Shares

सुनिता महतो
महोत्तरी / भंगहा नगरपालिका ४ का रामउदगार महतोले अपाङ्ग भवन निर्माणका लागि जग्गादान गर्ने घोषणा गरेका छन् । आज अन्र्तराष्टिय अपाङ्ग दिवसको अवसरमा आयोजित एक समारोहकावीच महतोले गाँउमा रहेको जग्गामध्ये १ कठ्ठा जग्गा निःशुल्क रुपमा अपाङ्ग भवन निर्माणका लागि प्रदान गरिने उद्घोष गरेका हुन् ।

त्यस्तै महतोले व्यक्तिगत रुपमा स्थानिय कृष्णकुमार महतोलाई वैशाखी प्रदान गरेका हुन् । सोहीवीच भंगहा नगरपालिकाकी उपमेयर शान्तिदेवी सिंहले भवन निर्माणका लागि नगरस्तरबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले शारिरीक रुपमा अपाङ्ग रहेको हरेकको संरक्षणका निम्ति नगरपालिकाको कार्यालय हरपल तयार रहेको धारणा राखेकी छिन् । कार्यक्रमकाबीच हीरालाल महतोले हरेक अपाङ्गलाई जनही ५ सय ५५ रुपैयाँका दरले रकम वितरण गरेका थिए ।

सो गाँउका विभिन्न किसिमका गरि १५ जना अपाङ्गहरु रहेका छन् ।

प्रतिक्रिया