शोकमा डुव्यो महोत्तरीको पिपरा, सहनाई वज्ने घरमा अचानक सान्नाटा ।।

धनवीर महतो
महोत्तरी / सवारी दुर्घटनामा एकै साथ दुई छोरीहरुको मृत्यु भएको खवरले रामगोपालपुर नगरपालिका ७ सहसौलाका जीवछ साह अहिले अचेत छन् । उनी अचेल आफैलाई सम्हाल्ने अवस्थामा छैन ।
शनिवार एकाविहानै जन्ती गएकी माहिली छोरी बर्ष १८ की मञ्जु र कान्छी छोरी बर्ष १३ की सिर्जनाको ज्यान गएपछि उनको अवस्थामा परिवर्तन भएको हो । उनी तनावमा छन् ।
त्यस्तै छोरा र दिदी गुमाएकी पिपरा गाँउपालिकाका रुपेश साह पनि स्तब्ध छन् । रुपेशका ११ बर्षका छोरा यश कुमार र उनकी दिदी धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाही घर भएकी ३५ बर्षिया रुवीकुमारी साहको दुर्घटनामा परि ज्यान गएको छ । उनकी श्रीमती २६ बर्षिय प्रियंका साह गम्भीर घाईते भएकी छिन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । तीन वटै घटनाले पिडित रुपेशलाई अहिले सोच्न सक्ने क्षमता छैन् ।
महोत्तरीतर्फ आईरहेको महिला र बालबालिकासहित जन्ती सवार ना १ ज ८३९६ नम्बरको विंगर र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा दुर्घटना भएको हो । सो दुर्घटनामा परि घटनास्थलमै ५ जना जन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा परि जन्ती सहित विंगरका चालक धनुषा धनौजी गाउँपालिका ४ का अब्दुल मन्सुरको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
विवाहको घरमा अचानक शोकको धुन वज्न थाले
पिपरा गाँउपालिका २ गम्हरीयाका संजीव साह विवाह गर्न २० वटा सवारी साधनमा जन्तीहरुलाई लिएर विवाह गर्नका लागि ईटहरीको खनारचोक प्रस्थान गरे । विवाहको खुशीले हर्षित भएका गाँउवासी उनलाई विदाई गरेका थिए । तर सो हर्षित सहित विदाई भएको १२ घण्टा नवित्दै अहिले गाँउ शोकाकुल भएका छन् । नवविवाहित दुल्हा र दुल्हीनको स्वागतको लागि घरलाई नै झिलमिली पारि सजाएको घरमा अहिले सन्नाटा छाएको छ । हरेकको मुखारमा चिन्ता छाएको छ । गाँउका हरेक वर्गका मानिसहरु चिन्तित छन् । गाँउ नै शोकमा डुवेको हो । सवारी दुर्घटनामा परि जन्तीको मृत्यु भएको दुखद खवरले संजीवको ससुराली घरमा पनि सन्नाटा छाएको छ । वेहुलाका काका देवु साहले संचारकर्मीसँग भने वेहुली भित्रयाउने तयारीमा रहेको परिवारभित्र अकल्पनीय क्षति भएको छ । हाम्रो गाँउ र परिवार नै शोकमा डुवेको छ ।
यसरी भएको दुर्घटना
महोत्तरी पिपरा गाँउपालिका २ गम्हरीयाका संजीव साहको विवाहमा शुक्रवार तामझामका साथ जन्तीहरु ईटहरीको खनारचोकतर्फ प्रथान गर्यो । सवैले हर्षित भएर दुल्हा र जन्तीलाई विदाई गरेका थिए । राति ईटहरीमा स्वयम्वरको कार्यक्रम सकाएर महोत्तरी (घर) तर्फ फर्किने क्रममा जन्तीहरु सवार जीप धनुषाको वीरेन्द्रवजारमा शनिवार एकाविहानै दुर्घटनामा परेको हो । जसमा परि ५ जनाको मृत्यु हुनुको साथै ९ जना जन्तीहरु घाईते छन् । दुर्घटनामा ४ जना वेहुलाका आफ्न्त (जन्ती) र एक जना सवारी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो दुर्घटनामा परि घाईते ९ जनाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरी लोहारपट्टी नगरपालिका-४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गाउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह र ५ वर्षीय प्रतिका साह रहेका छन् ।
मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार